RE
Global College

बाढीग्रस्त क्षेत्रमा खर्च गर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा

काठमाडौं  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ। मंगलबार उक्त कोष सञ्चालन समितिको बैठक बसी एक अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरिएको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले आज बसेको कोषको बैठकले एक अर्ब रुपैयाँ गृहसचिवको नेतृत्वमार्फत परिचालन हुने गरी निकासा गरेको जानकारी दिएका हुन ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा गृहसचिवले व्यवस्थापन गर्ने व्यवस्था रहेको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको मौज्दातबाट एक अर्ब रुपैयाँ कोषमा पठाइएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

अब उक्त रकम बाढीग्रस्त क्षेत्रमा आवश्यकता र मागका आधारमा बाढीपछिको उद्धार, राहत, तत्कालीन पूर्वाधार सुधार, अस्थायी बासस्थान निर्माण लगायतमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गर्न सकिने छ। यसका लागि बाढीग्रस्त पालिका वा जिल्लाका विपद् व्यवस्थापन समितिले आफ्नो आवश्यकताअनुसार रकम माग गर्न सक्नेछन्। त्यसैका आधारमा गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ।

NECO

Leave Your Comment

Related News