काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले हालैको प्राकृतिक विपद्मा परी मृत्यु भएका १ हजार १ सय १४ जनाको शव फेला परेको जानकारी दिए । भदौ १७ गते बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सो विवरण सार्वजनिक गरे ।उनका अनुसार फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्रै पहिचान खुलेको छ । पहिचान भएका शवहरू आवश्यक प्रक्रिया पूरा गरी आफन्तजनलाई जिम्मा लगाइएको उनले बताए ।
बाढीमा मृत फेला परेका १,११४ मध्ये ९५ शवको पहिचान: प्रधानमन्त्री



