काठमाडौं । विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापालाई नियुक्त गरेको छ।
विश्वविद्यालयका उपकुलपतिको सिफारिशका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन्। नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।
थापा काठमाडौँ विश्वविद्यालयमा गत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत छन्। उनले नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन्। उनले काठमाडौँ विश्वविद्यालयलाई विशिष्टीकृत ढङ्गको ट्रस्टी मोडलमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. विवेक बराललगायत मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो।



