CLI
Global College

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । ग्लोबक आइएमई  बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई चुक्ता  पुँजिको कर सहित  १० प्रतिशत लाभांश  (प्रतिफल)  वितरण गर्ने घोषणा गरेको छ ।  सोमध्ये ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेये वितरण गर्ने घोषणा गरेको छ।

बैंकले अब उक्त निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्नेछ र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएलगत्तै वार्षिक साधारणसभा आह्वान गरी पारितका लागि लैजानेछ। साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीहरूमा उक्त लाभांश वितरण हुनेछ।

बैंकको  भदौ १७ गते बुधबार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म बसेको सञ्चालक समितिको ४७३औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Leave Your Comment

Related News