काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ८ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य ३ लाख ६ हजार १ सय रुपैयाँ थियो ।
त्सयतै, चाँदी भने १८५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँ थियो ।



