काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि अमेरिकी परोपकारी संस्था ‘सामरिटन्स पर्स’ बाट पठाइएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ।
उक्त राहत सामग्रीमा बाढी प्रभावित २,६०० परिवारलाई पुग्ने गरी खानेपानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट र सोलार बत्तीहरु समावेश छन्। यी सामग्रीहरु स्थानीय साझेदार संस्थाहरूमार्फत प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रका बासिन्दाहरूसम्म पुर्याइनेछ।
नेपालको वास्तविक आवश्यकता अनुकूलको जीवनरक्षक सहायता उपलब्ध गराउन अमेरिकी दूतावासले नेपाल सरकार तथा विभिन्न साझेदार निकायहरूसँग निकट समन्वयमा काम गरिरहेको जनाइएको छ।




