CLI
Global College

एक वर्षमा कुन बैंकको कति एनबीए ?

काठमाडौं । वाणिज्य बैंकहरुका लागि गैरबैंकिङ सम्पत्ति (एनबीए) व्यवस्थापन पछिल्लो समय प्रमुख चुनौती बन्दै गएको छ। बैंकहरुले प्रवाह गरेको कर्जा उठ्न नसकेपछि धितो लिलामी गर्दा समेत कसैले खरिद नगरेका कारण यस्तो सम्पत्ति बढ्दै जाँदा बैंकहरुलाई अतिरिक्त भार परेको हो।

चालू आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुको यस्तो गैरबैंकिङ सम्पत्ति ४८ अर्ब नाघेको छ । आघिल्लो आर्थिक वर्ष यस्तो गैरबैकिङ सम्पत्ति ४२ अर्ब ७७ करोड २० लाख रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङकले देखाउँछ ।

कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा पनि नबिकेको कारण बैंकहरु थलिने अवस्थामा पुगेका छन् । बैंकहरुको निष्क्रिय कर्जापनि बढ्दै गएको छ । जसले गर्दा बैंकहरुको गैरबैकिङ सम्पत्ति बढाएको छ । खासमा अर्थतन्त्र चलयामान बनाउन नसक्दा त्यसको असर बैंकहरुको कर्जा असुलीमा पर्न थालेको वित्तीय क्षेत्रका जानकारहरु बताउछन् ।

“बैंकहरुको निष्क्रिय कर्जा बढेर बैंकहरुमा गैरबैकिङ सम्पत्ती थुप्रिएको” पूर्व बैंकर भुवन दाहालले  बताए  । कर्जा असुलीमा देखिएको समस्याले निष्क्रिय कर्जासँगै गैरबैकिङ सम्पत्ति बढाएको उनको भनाई छ ।

अहिले सञ्चालनमा रहेका २० वाणिज्य बैंकमेध्य एक दर्जन बैंकहरुको गैरबैकिङ सम्पत्ती बढेको छ । यता ७  बैंकहरुले भने आफ्नो यस्तो गैरबैकिङ सम्पत्ती घटाएका छन् । गत आवमा सबै भन्दा बढी गैर बैकिङ सम्पत्ती हिमालयान बैंकको छ । यस बैंकको यस्तो सम्पत्ती १४.५५ प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ९० लाख पुगेको छ । जुन अघिल्लो  आवमा ५ अर्ब ६६ करोड ४० लाख रहेको थियो ।

यसैगरी दोस्रो धेरै गैरबैंकिङ सम्पत्ति नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र ग्लोबल आइएमई बैंकमा रहेको छ। समीक्षा अवधिसम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ५ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकमा ५ अर्ब ६९ करोड ६३ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्ष तुलनामा यस्तो सम्पत्ति नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५९.५४ प्रतिशतले बढ्दा ग्लोबल आइएमई बैंकको ५.९७ प्रतिशतले घटेको छ।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति राष्ट्रिय वाणिज्य बैंकमा रहेको देखिएको छ। समीक्षा अवधिसम्म यो बैंकमा ३१ करोड ४ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा बैंकमा गैरबैंकिङ सम्पत्ति २.९७ प्रतिशतले घटेको छ।

Leave Your Comment

Related News