काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा घरेलु टोली मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । यूकेएम यूएसडी ओभलमा मलेसियाका कप्तान सैयद अजिजले टस जितेर ब्याटिङको निर्णय लिए ।
नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा बहराइविरुद्ध सात विकेटको जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ । यता, मलेसिया पनि घरेलु मैदानको फाइदा उठाउँदै लगातार दोस्रो जित निकाल्ने सोचमा छ । पहिलो खेलमा मलेसियाले साउदी अरेबियाविरुद्ध ९३ रनको सहज जित दर्ता गरेको थियो ।



