RE
Global College

चीनबाट राहतको तेस्रो खेप काठमाडौंमा, १० जना फरेन्सिक विज्ञसहित मर्च्युरी फ्रिजर आइपुग्यो

काठमाडौं । चीन सरकारले पठाएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप काठमाडौँ आइपुगेको छ। चिनियाँ वायुसेनाको विशेष सैन्य विमान ‘वाई-२०’  मार्फत उक्त सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो।

प्राप्त राहत सामग्रीहरूमा विपद् प्रभावित क्षेत्रमा शव सुरक्षित राख्न आवश्यक मोर्च्युरी फ्रिजर,महामारी नियन्त्रणका सामग्री तथा दैनन्दिन जीवनका उपभोग्य वस्तुहरू रहेका छन्।

यसैगरी, बाढीमा परी ज्यान गुमाएका तथा पहिचान हुन नसकेका शवहरूको फरेन्सिक जाँच र पहिचानमा सहयोग पुर्‍याउन चीनका १० जना विशेषज्ञ फरेन्सिक टोली पनि सोही विमानमार्फत काठमाडौं आइपुगेका छन्। टोलीले तुरुन्तै नेपाल प्रहरी र स्थानीय निकायसँग मिलेर शव पहिचान प्रक्रियालाई तीव्रता दिनेछ। चीनले संकटको यस घडीमा निरन्तर राहत तथा उद्धार कार्यमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

NECO

Leave Your Comment

Related News