CLI
Global College

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जेनजी सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

त्यस्तै भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको उनले बताए। भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्न भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय भएको पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल सञ्चालन गर्न एकीकृत व्यवसायीक पुनःस्थापना योजनाअन्तर्गत राहत कर तथा महसुल छुटलगायतका सहुलियत प्रदान गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढुवा गरेको छ। भट्टलाई बढुवा गर्दै कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरेको हो ।

Leave Your Comment

Related News