RE
Global College

बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

काठमाडौं । रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोपछि प्रभावित नागरिकको सहायताका लागि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ६० लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराएको छ।

साल्ट ट्रेडिङ कर्पोरेशनको तर्फबाट ५० लाख रुपैयाँ र कर्मचारीहरूका तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६० लाख रुपैयाँ आर्थिक राहत उपलब्ध गराइएको हो।

कम्पनीका अनुसार प्राकृतिक विपद्का कारण ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि अर्थ मन्त्रालयमार्फत सहयोग रकम उपलब्ध गराइएको हो।

विपद्को यस कठिन घडीमा सरकारले गरिरहेको उद्धार तथा राहत कार्यमा ऐक्यबद्धता जनाउँदै प्रभावित क्षेत्रहरूमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको निरन्तर आपूर्ति सुनिश्चित गर्न कर्पोरेशन प्रतिबद्ध कम्पनीले नाइएको छ।

NECO

Leave Your Comment

Related News