काठमाडौं । आर. एस. टि. सि. ए. इन्भेष्टमेन्ट फण्ड लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १५ गते सबेको सञ्चालक समितिको बैठकले चौथो बार्षिक साधारणसभाको मिति घोषणा गरेको हो ।
कम्पनीले असोज १२ गतेका लागि बार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त सभा दुसित थानी हिमालयन रिर्सोट, धुलिखेलमा बिहान ८ बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावहरुमा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ. व. २०८२/०८२ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवि धको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने छ ।
त्यस्तै आ.व. २०८३/०८४ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने, संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने छ । त्यस्तै विषेश प्रस्तावहरुमा कम्पनिको रजिष्टार कार्यालयको ठेगाना परिवर्तन गर्ने र कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिने ।



