काठमाडौं । भीषण बाढीका कारण पुरिएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ भित्र थपिएका दुई जना प्राविधिकहरूलाई आज जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएकामा हाइड्रोपावर अटोमेसन प्रोजेक्टमा मेकानिकल सुपरभाइजर पदमा कार्यरत ४५ वर्षीय कविर महर्जन (बालकुमारी-३, काठमाडौँ) र माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा मेकानिकल फोरमेनका रूपमा कार्यरत ३० वर्षीय सञ्जय साह (कोइलाडी-८, सप्तरी) रहेका छन्।
प्राधिकरण र उद्धार टोलीको चौबिसै घण्टाको अथक प्रयासपछि सुरुङभित्रको बाटो खोली दुवै जनालाई जीवितै बाहिर निकाल्न सफलता मिलेको हो। सुरुङभित्र अक्सिजन र पानीको अभावका बिच लामो समय अड्किएका उनीहरूको प्राथमिक उपचारपछि थप गहन स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ।




