काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ हजार ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुनको मूल्य ३ लाख ४ हजार ९ सय रुपैयाँ थियो ।
त्सयतै, चाँदी पनि ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँ थियो ।



