CLI
Global College

बाढी पीडितका लागि थाइल्याण्डद्वारा करिब ३ करोड २० लाख रुपैयाँ आपत्कालीन राहत घोषणा

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका पीडितहरूका लागि थाइल्याण्ड सरकारले ७ मिलियन थाई बाहट (करिब ३ करोड २० लाख नेपाली रुपैयाँ) बराबरको नगद तथा आपत्कालीन राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। नेपाल सरकारको प्राथमिकता र आवश्यकताका आधारमा थाइल्याण्डले सो सहयोग प्रदान गरेको हो।

बैंककस्थित रोयल थाई सरकारको प्रधानमन्त्री कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चानविराकुलले थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीलाई सहयोग हस्तान्तरण गेका छन्।

सो अवसरमा राजदूत ओलीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट थाइल्याण्ड सरकार तथा त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गरे। समयमै प्राप्त यस मानवीय सहयोगले नेपाल र थाइल्याण्डबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, ऐक्यबद्धता र प्रगाढ सम्बन्धलाई उजागर गरेको राजदूत ओलीले बताए।

थाई सरकारले उपलब्ध गराएको नगद सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने र राहत सामग्रीहरू यथाशीघ्र नेपाल पठाइने थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ। कार्यक्रममा थाई प्रधानमन्त्रीले आगामी दिनमा पनि नेपालको आवश्यकताका आधारमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे

Leave Your Comment

Related News