RE
Global College

बाबु सम्पर्कविहीनः चार सन्तान विचल्ली

काठमाडौं । सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उनका चार सन्तान विचल्लीमा परेका छन्।

आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्यु भएको र १० दिनदेखि बुबा पनि सम्पर्कविहीन भएपछि हामी दुई दाजुभाइ र दुई दिदीबहिनी विचल्लीमा परेको उनको कान्छी छोरी नौ वर्षीया विभा सदाले बताइन्।

उनले भनिन्, ‘दुई महिनाअघि बुबा त्रिशूली जलविद्युत् पावर हाउसमा कामदारका रूपमा काम गर्दै आउनुभएको थियो। आमा बिरामी हुँदा उपचार गर्ने क्रममा ऋण लागेपछि रोजगारीका लागि त्यहाँ जानुभएको थियो। हामी कसको साहारामा बस्ने ?’ विभा सदाले भनिन्। अठार र २० वर्षका दुई दिदीहरूको विवाह भइसकेको छ। तेह्र वर्षीय छोरा सुभाष सदा आफन्त सहयोगमा बाबुको खोजीमा रसुवा गएका छन्।

त्रिशूली थ्रिवि पावर हाउसमा कामदारका रूपमा कार्यरत बेचन सदासँगै सोही ठाउँका सुरेन्द्र सदा र शिवकुमार सदा रसुवाको भोटेकोशीमा आएको बाढीपछि १० दिनदेखि सम्पर्कविहीन छन्।

शिवकुमार सदाको चार जना छोराछोरी छन्। उनको बुबाआमा बूढाबूढी छन्। पत्नी पनि बिरामी भएकाले घरको एक्लो सहारा सम्पर्कविहीन भए।

सात जना परिवारको आहारासमेत खोसिएको उनकी पत्नी गुडिया सदाले बताइन्। सुरेन्द्र सदाको पनि तीन छोराछोरी छन्। कमाउने साहारा सम्पर्कविहीन भएपछि घरमा चुहो बल्न छोडेको छ। पत्नी द्रोपतीदेवी सदाले बताइन्।

सोही ठाउँका सोही पावर हाउसमा कार्यरत अरूण सदा बाढी आउनुभन्दा एक हप्ता अगाडि घर आएका थिए। पुनः त्यहीँ जाने तर्खरमा थिए। अचानक बाढी आएको सुनेपछि जान रोकिएका छन्। यस सदा (मुसहर) बस्तीका तीन जना युवा सम्पर्कविहीन भएसँगै उक्त टोल शोकमा डुबेको छ।

NECO

Leave Your Comment

Related News