RE
Global College

भोटेकोशी बाढी: उद्धार, राहत र विद्युत् पुनःस्थापनामा जुट्यो मन्त्रालय

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको कार्य उच्च प्राथमिकताका साथ जारी छ।

माथिल्लो त्रिशूली–३ ए आयोजनाको सुरुङबाट दुई जना कर्मचारीको सफल उद्धार भएको छ। नेपाली सेना, भारतीय सेना, चिनियाँ तथा कोरियन विज्ञ र आयोजनाका प्राविधिकहरूको संयुक्त टोलीबाट सुरुङभित्र रहेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य निरन्तर भइरहेको छ।

साथै, प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ।

मानवीय जीवनको रक्षा र प्रभावित क्षेत्रमा आवश्यक सेवा शीघ्र सुचारु गर्न मन्त्रालय सम्पूर्ण संयन्त्र परिचालन गरी निरन्तर समन्वयमा जुटिरहेको छ।

NECO

Leave Your Comment

Related News