RE
Global College

पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा नेपाली दूतावास पुगेर बाढीप्रति दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले इस्लामाबादस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

शुक्रबार नेपाली दूतावास पुगेर नेपालका लागि नेपाली कार्यवाहक राजदूत रीता धितालसँग भेट गर्दै प्रधानमन्त्री शरीफले बाढीका कारण अमूल्य जीवन गुमाएकाहरूप्रति गहिरो समवेदना प्रकट गरेका हुन्।

सो अवसरमा उनले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली दूतावासमा राखिएको शोकपुस्तिकामा शोक सन्देश तथा समवेदनाका शब्दहरू लेखेका छन्।

प्रधानमन्त्री शरीफले विपद्को यस दुःखद् घडीमा पाकिस्तान सरकार र पाकिस्तानी जनताको तर्फबाट नेपाल तथा नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।

NECO

Leave Your Comment

Related News