RE
Global College

नारायणगढ–मुग्लिन सडकमा दिनमा ५ घण्टा गाडी रोकिने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला क्षेत्रमा मर्मत तथा पहाड कटानका लागि भदौ २२ गतेदेखि दैनिक रूपमा सवारी आवागमन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मुग्लिन–काठमाडौं सडकखण्डको कृष्णभीरमा काम चलिरहेकाले सवारी चाप कम भएको मौका पारेर तुइन खोलाको भित्तो काट्न लागिएको जनाएको छ।
प्रशासनका अनुसार बिहान ६:००–८:००, ८:३०–१०:३०, ११:००–१:००, दिउँसो १:३०–३:३० र ४:००–६:०० बजेसम्म गाडी पूर्ण रूपमा रोकिनेछन्। बीचका आधा घण्टामा रोकिएका सवारी साधन छाडिनेछ भने साँझ ६:०० बजेपछि बाटो सुचारु रहनेछ।
कृष्णभीर सडकखण्डको काम नसकिएसम्म यो तालिका लागू हुने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। समयतालिका हेरेर मात्र यात्रा तय गर्न प्रशासनले आग्रह गरेको छ।
NECO

Leave Your Comment

Related News