RE
Global College

राहत, पुनर्स्थापना र पुनर्निर्माणका काम प्रभावकारी बनाउन ओलीको माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी बाढी र पहिरोबाट प्रभावित परिवारहरूको बाँकी राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सरकार र सम्बद्ध निकायहरूसँग माग गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सोमबार शोक वक्तव्य जारी गर्दै गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूको १३ औँ पुण्यतिथिमा उनीहरूको सम्झना गरिरहेको पनि बताएका छन् ।

‘साथै, बाढी र पहिरोबाट प्रभावित परिवारहरूको बाँकी राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउन म सरकार र सम्बद्ध निकायहरूसँग पुनः जोडदार माग गर्दछु’, अध्यक्ष ओलीले भनेका छन्।

विपत्तिको घडीमा अहोरात्र खटिएर बेपत्ताको खोजी‚ उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा अतुलनीय योगदान पुर्‍याउने एमालेका स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत राज्यका अन्य निकायहरू एवं विभिन्न सामाजिक सङ्घसंस्था, प्रदेश र स्थानीय सरकारसहित सबैलाई ओलीले धन्यवाद दिएका छन्।

‘आशा गराैँ हराइरहेका दाजुभाइ तथा दिदीबहिनीहरूको सकुशल उद्धारमा सफलता मिल्ने छ’, ओलीले भने।

 

NECO

Leave Your Comment

Related News