RE
Global College

रसुवा जोड्ने वैकल्पिक सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । बाढीका कारण मुख्य राजमार्ग क्षतिग्रस्त बनेपछि अवरुद्ध भएको रसुवा जिल्लाको यातायात पहुँचलाई सुचारु राख्न वैकल्पिक सडकको मर्मत तथा स्तरोन्नति गरी दुईतर्फी सञ्चालनमा ल्याइएको छ। त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग खण्ड पूर्ण रूपमा प्रभावित भएपछि ढिकुरे-बोरे भञ्ज्याङ-सानो खोला हुँदै पाटिखर्क जोड्ने वैकल्पिक मार्ग तयार पारिएको हो।

मर्मत सुधारअन्तर्गत ढिकुरे (मध्यपहाडी राजमार्ग)-फेदीबेसी चोक-हिरामुनिटार-चोगते-बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क-भोर्ले-जिबजिबे-बोगटीटार (पासाङल्हामु राजमार्ग)-कालिकास्थान-धुन्चे सडकखण्डका विभिन्न स्थानमा एक्साभेटर, ब्याकहो लोडर तथा टिपर प्रयोग गरी पहिरो पन्छाउने कार्य सम्पन्न गरिएको छ। सडकको सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने, साँघुरा मोडहरू चौडा बनाउने, ग्राभेल हाल्ने र कल्भर्ट निर्माण गर्नेजस्ता काम सकिएसँगै उक्त खण्डमा ठूला सवारी साधनसमेत दुईतर्फी रूपमा सञ्चालन गर्न सकिने भएको छ।

यसअघि काठमाडौँ-टोखा-छहरे-चौघडा पुल-बाहुनबेसी-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटिखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे मार्गबाट चारपाङ्ग्रे साना सवारी साधन मात्रै सञ्चालन हुँदै आएका थिए।

NECO

Leave Your Comment

Related News