RE
Global College

देश र जनताको कल्याणको कामनासहित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजा-आराधना

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजा-आराधना गरेका छन्।

राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेका थिए। उनले देश र जनताको सुख, शान्ति तथा कल्याणको कामना गर्दै मन्दिरमा पूजा-आराधना गरेका हुन्।पूजा-आराधनापछि राष्ट्रपति पौडेलले पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।

राष्ट्रपतिको कार्यालयका अनुसार पौडेल पछिल्लो समय बाढी प्रभावित रसुवा र नुवाकोटको स्थलगत अवलोकनमा समेत पुगेका थिए।

 

 

Leave Your Comment

Related News