RE
Global College

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं ।  नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना गर्ने भएको छ। महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि कांग्रेसले राष्ट्रिय सभा गृह बुकिङ गर्न पत्राचार गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित पत्र अनुसार असोज १५ देखि २० गतेसम्म जम्मा ६ दिनका लागि राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल तथा बगैँचा उपलब्ध गराइदिन राष्ट्रिय सभा गृहका प्रमुखसमक्ष अनुरोध गरिएको छ। महाधिवेशन जस्तो महत्त्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रमको सफल तथा व्यवस्थित आयोजनाका लागि राष्ट्रिय सभा गृहबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण हुने विश्वास पार्टीले लिएको छ।

NECO

Leave Your Comment

Related News