RE
Global College

चीनद्वारा नेपाललाई चौथो किस्ताको राहत सामग्री हस्तान्तरण

काठमाडौं ।  चीन सरकारद्वारा उपलब्ध गराइएको चौथो किस्ताको आपतकालीन राहत सामग्री आज (सेप्टेम्बर ८, २०२६) अपरान्ह काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। चिनियाँ जनमुक्ति सेना (PLA) को वायुसेनाको ‘Y-20A’ विशाल ट्रान्सपोर्ट विमानमार्फत उक्त सामग्री नेपाल ल्याइएको हो।

विमानस्थलमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री हस्तान्तरण समारोहमा सहभागिता थियो।

यस पटकको चौथो किस्तामा प्राप्त राहत सामग्रीहरूमा उद्धारमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलस स्टिलका ‘पर्मानेन्ट म्याग्नेट’ फ्लड पम्प, स्पेयर ब्याट्री, मर्चुअरी फ्रिजर र सोलार बत्तीहरू रहेका छन्। नेपालको तत्कालीन र अत्यावश्यक आवश्यकतालाई ध्यानमा राखेर पठाइएका यी सामग्रीहरूले विपद् प्रभावित क्षेत्रको आपतकालीन उद्धार तथा त्यसपछिका कार्यहरूमा ठूलो सहयोग पुर्याउने विश्वास लिइएको छ।

NECO

Leave Your Comment

Related News