CLI
Global College

चिल्लाचिल्ला भाषण गर्ने होइन अहिले तपाईहरुले काम गर्ने नेताहरु चुन्नुभएको छ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान नेताहरु भाषण गर्ने नभई काम गर्ने भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री गुरुङले विगतमा नेताहरूले गर्दै आएको चिल्ला भाषणको संस्कार परिवर्तन गर्न आफूहरू सरकारमा आएको बताएका छन्। उनका अनुसार  यसअघि धेरै नेताहरूले चिल्ला भाषण गरेको र आफूहरू त्यही संस्कार परिवर्तन गर्नका लागि सरकारमा आएको बताए ।

‘कत्रा कत्रा नेताहरूले जमानादेखि भाषण गरेका हुन् । जमानादेखि चिल्लाचिल्ला भाषण हामीले देखिसकेको हो । हाम्रो आमाबुवाले भोगिसकेको पनि हो,’ गृहमन्त्री गुरुङले भने, ‘हामीले त्यसको रिजल्ट हामीले भोग्नुपरेको थियो । अहिले काम गर्ने नेताहरू चुन्नुभएको छ ।’

उनले थप स्पष्ट पार्दै भने, ‘हामीलाई ५ बजे कतिबेला घर जानुपर्छ भनेर हतार छैन । आज हामीले कति जना नागरिकलाई दुस्ख नहुन दिनका लागि काम गर्‍यौं भनेर मात्रै हामी काम गर्छौं । त्यो घडी मात्रै हामी हेर्छौं । जब थाक्छौं तबमात्रै सुत्छौं । घडीको टिकटिकबाट हामी सुत्नेवाला छैनौं ।’  उनले सरकारको कार्यशैली काममुखी हुने दाबी गरे।

Leave Your Comment

Related News