RE
Global College

बाढी प्रभावित क्षेत्रमा अस्थायी सडक सञ्चालन हुँदै, नाइट सिफ्टमा पनि उद्धार हुने

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा अब रात्रीको समयमा पनि उद्धार कार्य हुने भएको छ । रास्वपाका सांसद श्रीराम न्यौपानेका अनुसार आजदेखि अस्थायी सडक सञ्चालनमा आउने र नाइट सिफ्टमा पनि उद्धारको कार्य हुने भएको हो ।

उनले सामाजिक सञ्जालमा लेख्दै अब हेलिकप्टबाट मात्रै भइरहेको उद्धार कार्य अस्थायी सडक बनेपछि नाइट सिफ्टमा पनि सुरु गरिने जानकारी दिएका हुन् । ‘हिजोसम्म आवतजावत तथा उद्धार कार्यका लागि हेलिकप्टरको प्रयोग हुँदै आएकोमा आजदेखि उद्धार स्थलसम्म अस्थायी सडक सञ्चालनमा आउनेछ । साथै, आजदेखि नाइट सिफ्टमा समेत सुरु गरी उद्धार कार्यलाई चौबीसै घण्टा निरन्तरता दिइनेछ,’ उनले लेखेका छन् ।

Leave Your Comment

Related News