RE
Global College

भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, ‘जलवायु अन्यायका पीडित’ हुन्: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै लामिछानेले उनीहरू जलवायु परिवर्तनका कारण सिर्जित संकटको असमान भार बेहोरेका ‘जलवायु अन्यायका पीडित’ भएको बताए।

‘भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौँ, हुनु हुँदैन । ती त जलवायु अन्यायका पीडित हुन्,’ उनले भने।

जलवायु परिवर्तनमा ती नागरिकको कुनै भूमिका नभए पनि त्यसको सबैभन्दा ठूलो मूल्य उनीहरूले जीवन दिएर चुकाउनुपरेको लामिछानेको भनाइ छ।

‘पृथ्वीको तापक्रम उनीहरूले बढाएका थिएनन् । हिमाल पगाल्ने कार्बन उत्सर्जन उनीहरूले गरेका थिएनन् । अहिलेको जलवायु संकट उनीहरूको सिर्जना थिएन,’ उनले भने, ‘तर जलवायु संकटको सबैभन्दा ठूलो मूल्य भने तिनै धर्तीपुत्रहरूले र त्यो भूगोलसँग कुनै चिनजान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए।’

लामिछानेले विपत्तिमा ज्यान गुमाएका नागरिकको मृत्युमा केवल शोक व्यक्त गरेर नपुग्ने भन्दै घटनालाई जलवायु न्यायको अभियानसँग जोड्नुपर्ने बताए।

‘हजारौँ मानिसको यो अन्यायपूर्ण बलिदानलाई अब सामान्य श्रद्धाञ्जलीमा सीमित गरिरहन सकिन्न । हामीले संकल्प गर्नैपर्छ, यो शहादतलाई न्यायको औजार बनाएर जलवायु न्यायको ढोका ढक्ढक्याउनेछौँ,’ उनले भने।

NECO

Leave Your Comment

Related News