CLI
Global College

भोटेकोशी बाढीको १५औँ दिन , १३ हजारभन्दा बढीको जीवितै उद्धार, क्षति मूल्याङ्कन र पुनर्निर्माणको तयारी

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १५औँ दिन पुग्दा पनि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई पूर्ण क्षमतामा अघि बढाइरहेको छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत नदी तटीय क्षेत्रका जिल्लाहरूमा जनधनको व्यापक क्षति हुनुका साथै घरपझार, सरकारी भवन, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्त्वपूर्ण पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। परिस्थिति जटिल बनेपछि प्रधानमन्त्री बालेन्द्र शाह तथा परराष्ट्रमन्त्री शिशिर खनाललाई विश्वभरका राष्ट्रप्रमुख र कूटनीतिज्ञहरूले टेलिफोन गरी दुःख व्यक्त गर्दै ऐक्यबद्धता र सहयोगको प्रतिबद्धता जनाएका छन्।

उद्धार र क्षति विवरणको अद्यावधिक अवस्था

गृह मन्त्रालय र सम्बद्ध निकायहरूको पछिल्लो तथ्याङ्क अनुसार प्रभावित क्षेत्रबाट हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकसहित कुल १३,६४६ जनाको जीवितै उद्धार गरिएको छ। कठिन मानिएका जलविद्युत् आयोजनाका सुरुङहरूबाट समेत ३ जनालाई जीवितै निकालिएको छ, जसमा माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङबाट २ जना नेपाली नागरिक र माथिल्लो त्रिशूली १ को सुरुङबाट १ जना चिनियाँ नागरिक रहेका छन्। यद्यपि, बाढीग्रस्त क्षेत्रबाट हालसम्म १,३६७ वटा शव फेला परेका छन् भने ३५ देशका करिब ६०० विदेशी नागरिकसहित अझै ५,१०० जना बेपत्ता रहेका छन्। सुरुङभित्र अड्किएका मानिसहरूको खोजतलास र शव भेटिने क्रम जारी रहेकाले यी तथ्याङ्कहरू निरन्तर अद्यावधिक भइरहेका छन्।

अन्तर्राष्ट्रिय प्राविधिक टोली र सुरुङ उद्धार कार्य

प्रभावित क्षेत्रमा रहे्रा मैलुङ खोला, माथिल्लो त्रिशूली १, ३ ‘ए’, ३ ‘बी’, चिलिमे, रसुवागढी र लाङटाङजस्ता जलविद्युत् आयोजनाहरूमा समानान्तर रूपमा खोज तथा उद्धार कार्य सञ्चालन भइरहेको छ। सुरुङभित्रको उद्धारका लागि भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ ‘टनेल रेस्क्यु’ टोलीहरू नेपाली सेनासँग मिलेर काम गरिरहेका छन्। यसबाहेक संयुक्त अरब इमिरेट्स , मलेसियाको ‘स्मार्ट’ र अस्ट्रेलियाको ‘डार्ट’) टोलीले पनि उद्धारमा सहयोग पुर्‍याइरहेका छन्। अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ड्रोन, लोड क्यारियर र उच्च प्रविधिका उपकरणहरू प्रयोग गरी खोजी तीव्र पारिएको छ।

थप अन्तर्राष्ट्रिय सहयोगको माग र डिएनए पहिचान प्रक्रिया

विपद्को भयावहतालाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सँगको समन्वयमा थप उच्च प्रविधियुक्त सामाग्रीहरूको माग अन्तर्राष्ट्रिय साझेदारहरूसँग गरेको छ। जसमा हाई-क्यापासिटी ड्रोन, लिडार प्रणाली, बेली ब्रिज, महामारी रोकथाम सामाग्री, डिएनए टेस्ट किट, अन्डरवाटर ड्रोन, पोर्टेबल जेनेरेटर, र टनेल रेस्क्यु सुटहरू रहेका छन्। फेला परेका शवहरूको पहिचान र व्यवस्थापनका लागि भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका फोरेंसिक विज्ञहरू नेपाल प्रहरीको टोलीसँग खटिएका छन्। बेपत्ताका नजिकका आफन्तलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, नजिकैको जिल्ला प्रहरी कार्यालय वा इमेल [email protected] मार्फत डिएनए नमुना पठाउन अनुरोध गरिएको छ।

यातायात पुनर्बहाली तथा चीनतर्फका नेपालीको फिर्ता

सडक र सञ्चार सम्पर्क विच्छेद भएका क्षेत्रहरूमा पहुँच पुर्‍याउन द्रुत गतिमा काम भइरहेको छ। गल्छी–त्रिशूली सडक खण्डअन्तर्गत देवीघाटस्थित तादी नदीमा १५ वटा बे (bays) एक्रो ब्रिज जडान भइसकेको छ भने बाँकी ४ वटा बे जडान कार्य अन्तिम चरणमा छ। यस्तै नेपाली सेनाले ढुङ्गे बुद्ध मन्दिर क्षेत्रबाट त्रिशूली बजार जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको छ। अर्कातर्फ, चीनतर्फ प्रभावित भएका नेपाली नागरिकहरूलाई तातोपानी नाका हुँदै स्वदेश फर्काउने काम भइरहेको छ, जसअन्तर्गत हिजोसम्म ७३६ जना नेपाल फर्किसकेका छन् भने आज थप ३२ जना स्वदेश फर्कने क्रममा छन्।

क्षति मूल्याङ्कन र राहत कोष

सहरी विकास विभाग र अन्य निकायहरूद्वारा ‘कोबो टुलबक्स’ मार्फत द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन को प्रारम्भिक प्रतिवेदन अन्तिम चरणमा पुर्‍याइएको छ भने दीर्घकालीन पुनर्निर्माणका लागि ‘विपद् पछिको आवश्यकता मूल्याङ्कन’  समेत सुरु गरिएको छ। छिमेकी मुलुकहरू, संयुक्त राष्ट्रसङ्घ, विश्व बैंक र एसियाली विकास बैंक लगायत बहुपक्षीय निकायहरूले राहत प्रदान गरिरहेका छन्। सरकारले सहयोग गर्न चाहनेहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको आधिकारिक पोर्टलमार्फत आर्थिक योगदान गर्न आह्वान गरेको छ।

Leave Your Comment

Related News