RE
Global College

अग्रवाल सेवा केन्द्रले गर्यो प्रधानमन्त्री विपद् राहत कोषमा ४१ लाख रुपैयाँ सहयोग

काठमाडौं । अग्रवाल सेवा केन्द्रले  गत भदौ १० गते आएको रसुवा भोटेकोसी  बिनासकारी वाडीबाट  भएको धनजनको क्षतिलाई मलम लगाउन प्रधानमन्त्री विपद् राहत कोषमा ४१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
केन्द्रका अध्यक्ष गिरिधारी  सो रकम हस्तान्तरणको अबसरमा अर्थमन्त्रीसमक्ष  हालैको  रसुवा ाभोटेकोसी बाढी प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत,उद्दार्पु निर्माण  तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सो अवसरमा ‘युवा मञ्च’ ले वितरण गर्ने थप १० लाख रुपैयाँ बराबरको राहत सामग्रीबारे पनि अर्थमन्त्रीलाई जानकारी गराइएको थियो। युवा मञ्चमार्फत विपद् प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराइने जनाइएको छ।विपद्का कारण प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा निजी क्षेत्र, सामाजिक संस्था तथा विभिन्न समुदायबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। अग्रवाल सेवा केन्द्र र युवा मञ्चले पनि मानवीय सेवाप्रति आफ्नो प्रतिबद्धता जनाउँदै राहत अभियानमा सक्रिय सहभागिता जनाएको बताएका छन्

NECO

Leave Your Comment

Related News