CLI
Global College

अपि हाइड्रो मेकानिकलको ११ औँ वार्षिक साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

काठमाडौं । अपि हाइड्रो मेकानिकल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले असोज १५ गतेका लागि ११ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा कम्पनीको प्रधान कार्यालय थापाथली काठमाडौंमा दिउसो ३ बजेदेखि सुरु हुने छ । सभामा आर्थिक वर्ष २०८२/०८३ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने र लेखापरीक्षकको लेखापरीक्षण प्रतिबेदन सहितको आर्थिक बर्ष २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटिमा भएको परिवर्तन लगायतका वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमीक निर्धारण गर्ने प्रस्ताव माथि छलफल गरेर पारित गर्ने छ ।

Leave Your Comment

Related News