काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे ३१ हजार बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ३१ हजार ५८८ कित्ता सेयर लिलाम बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २२५ रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा योग्य व्यक्ति, कम्पनी, संघ संस्थाले आवेदन दिन सक्नेछन् । बोलपत्रका लागि आवेदन भदौ २५ गतेदेखि खुला भएको छ भने असोज २ गते कार्यालय समयभित्र आवेदन बुझाइ सक्नुपर्नेछ ।
बोलपत्र आवेदन एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली–११, काठमाडौंमा बुझाउनु पर्नेछ । आवेदन फाराम सोही स्थानबाट १०० रुपैयाँ नगद तिरेर लिन सकिनेछ । सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ताको आवेदन दिनुपर्नेछ भने अधिकतम ३१ हजार ५८८ कित्तासम्म आवेदन दिन सकिनेछ । प्रतिकित्ता २२५ रुपैयाँभन्दा कम मूल्य राखेर पेश गरिएको आवेदन स्वतः रद्द हुनेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता कबोल मूल्य अंक र अक्षर दुवैमा स्पष्ट उल्लेख गर्नु पर्नेछ ।



