RE
Global College

सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा उपाध्याय पुनः नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। उनको हालको चारवर्षे कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदैछ। त्यसपछि कात्तिक ७ गतेदेखि लागू हुने गरी २०८७ कात्तिक ६ गतेसम्मका लागि उनलाई पुनः नियुक्त गरिएको कम्पनीले जनाएको छ।

उपाध्यायको नेतृत्वमा कम्पनीले १८ करोड ५७ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको कुल आम्दानी १ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रहेको छ।

कम्पनीको हालको चुक्तापुँजी २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ रहेको छ। बीमा कम्पनीले कायम गर्नुपर्ने २ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्‍याउन कम्पनीले १७ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

यसअघि २०८१ कात्तिक ३० गते कम्पनीले १० बराबर १ दशमलव ७ को अनुपातमा ३६ करोड ५५ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको थियो।

NECO

Leave Your Comment

Related News