CLI
Global College

आजपनि घट्यो सबै समूह सूचक, कारोबार रकम घट्यो

काठमाडौं । बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेर बन्द भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स २.४० अंकले घटेर ४४९.९३ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.८३ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.८० अंकले घटेको हो ।

बिहीबार करोबार रकम ४ अर्ब ९ लाख पुगेको छ । यसदिन ३४१ वटा कम्पनीको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता शेयर ४४ हजार १९८ पटक किनबेच हुँदा सो कारोबार रकम पुगेको हो । जुन बुधबारको तुलनामा १९ करोड ८० लाखले कम हो ।
बुधबार कारोबार रकम ४ अर्ब १९ करोड ८९ लाख पुगेको थियो । यसदिन ३५२ वटा कम्पनीको १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर ५० हजार ८०४ पटक किनबेच हुँदा उक्त कारोबार रकम पुगेको हो ।

यसदिन पनि बुधबारको जस्तै सबै १३ वटा उपसमूह घटेको छ । बैंकिङ ७, विकास बैंक १८, वित्त १५, होटल र पर्यटन ३५, जलविद्युत १९, लगानी ०.३६, जीवन बीमा १९, उत्पादन र प्रशोधन १२१, लघुवित्त २५, म्युअुचल फण्ड ०.११, निर्जीवन बीमा ७३, व्यापार ९ र अन्य समूह १२ अंकले घटेको हो ।
यसदिन ६८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १९९ वटा कम्पनीको शेयर मूल्य घटेको भने ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यसदिन सर्वाधिक कमाउने कम्पनीहरुको लिबर्टी इनर्जीको १५ प्रतिशत, डोल्टी पावर कम्पनीको ८ प्रतिशत र अप्पर लोहार खोलाको ७ प्रतिशतले शेयर मूल्य बढेको छ । सर्वाधिक गुमाउनेमा सिन्धु विकास बैंक १५ प्रतिशत , प्रभु सेलक्ट फण्ड १० प्रतिशत र प्रभू स्मार्ट फण्डको ९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Leave Your Comment

Related News