CLI
Global College

गहना चोर्ने र चोरीका गहना किन्ने पक्राउ

काठमाडौं । सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २९ वर्षीया सावन कुशवाहा, तेह्रथुम आठराई गाउँपालिका-८ घर भएकी ३६ वर्षीया पबित्रा लिम्बु, दोलखा गौरीशंकर गाउँपालिका-५ घर भएका २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र काठमाडौ महानगरपालिका-३२ नरेफाँट बस्ने भोजपुर भोजपुर नगरपालिका-५ बोखिम घर भएका ४३ वर्षीया रमिला विक रहेका छन् । उनीहरू मध्ये उक्त गरगहना चोरी गर्ने सावन तथा गरगहना खरिद गर्ने पबित्रा, श्रीकृष्ण र रमिला रहेको खुल्न आएको छ ।

काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित घरबाट गत साउन १८ गते सुन तथा चाँदीका गरगहनाहरू चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ ।
  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Leave Your Comment

Related News