RE
Global College

एशियन कंक्रिटो लिमिटेडको साधारणसभा आह्वान

काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २१ गतेका लागि साधारणसभा आह्वान गरेको हो ।

सभा कम्पनीको कार्यालय रामग्रम नगरपालिका वडा नम्बरा १७ नवलपरासीमा असोज २१ गते मध्यान्ह साढे १२ बजे सुरु हुने छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत बार्षिक प्रतिवेदन छलफल गरि अनुमोदन गर्ने, आ.ब. २०८२/८३ को लेखापरिक्षण प्रतिवेदन अनुमोदन गर्ने र आ.ब. २०८३/८४ लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने विषयमा छलफल गरि पारित गर्ने छ ।

त्यस्तै कम्पनीको संचालक समितिबाट गरिएको संचालक नियुत्तीलाइ अनुमोदन गरी नयां संचालक लगत तयारपारी अभिलेखका लागी पेश गर्ने, कम्पनी ऐन अनुसार कम्पनी सचिव नियुक्ति गर्ने, कम्पनीको संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संचित मूनाफा बाट चुक्ता पुँजीको ७५ प्रतिशत नगद लाभांश दिने, आ.व. २०८२/८३ को सीमा भन्दा बढीको चन्दा अनुमोदन गर्ने, आ.व. २०८२/८३ को चुक्ता पुँजी तथा संचित मुनाफाको कूल रकम भन्दा बढी ऋण लिएको सम्बन्धमा र कम्पनीले सर्वसाधारणको लागि सार्वजनिक निस्काशन गरे पश्चात संशोधित प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम संचालक समितिको संरचना परिवर्तन गर्ने सम्बन्धी प्रस्तावहरु माथि छलफल गरि पारित गर्ने छ ।

NECO

Leave Your Comment

Related News