RE
Global College

महाकुलुङमा पहिरोले रोकियो हुङ्गु खोलाको बहाव: फुट्ने खतरा बढेपछि आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह

काठमाडौं ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा माथिबाट खसेको पहिरोले खोला थप्पिएर करिब १५ मिटर अग्लो ड्याम (कृत्रिम पोखरी) बनेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनालाई उद्धृत गर्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ८:४० बजे सूचना जारी गरी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

पहिरो खस्ने क्रम अझै जारी रहेकाले उक्त कृत्रिम ड्याम फुटेर जुनसुकै बेला आकस्मिक बाढी (फ्ल्यास फ्लड) आउन सक्ने खतरा छ। महाशाखाले हुङ्गा (हुङ्कु) खोला तथा दुधकोशी नदी तटीय क्षेत्र र आसपासका बासिन्दाहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि नदी किनारमा नजान र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन अपिल गरेको छ।

NECO

Leave Your Comment

Related News