Global College

७६ कम्पनीको आइपीओ धितोपत्र बोर्डले स्वीकृत गर्न नसक्ने (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई लघु बीमकसहित ७६ कम्पनीको आइपीओ स्वीकृत गर्न नसक्ने जानकारी गराएको छ।

धितोपत्र बोर्डले एउटा सूचना जारी गर्दै ती कम्पनीको आइपीओ स्वीकृत प्रदान नसकिने जानकारी गराएको हो। यसरी आइपीओ स्वीकृत प्रदान गर्न नसकिनेमा विभिन्न क्षेत्रका कम्पनीहरु रहेका छन्।

धितोपत्र बोर्डले भदौ ९ गते सम्पूर्ण बिक्री प्रबन्धकहरुलाई प्रारम्भिक सार्वजनिक निष्काशनका लागि बोर्डमा प्राप्त निवेदनका सम्बन्धमा आ.व. २०८२ । ८३ को लेखा परीक्षण प्रतिवेदन (यदि लेखापरीक्षण सम्पन्न नभएको अवस्थामा लेखापरीक्षकबाट प्रमाणित भएको वित्तीय विवरण) का आधारमा बोर्डले तोकेको वित्तीय मापदण्ड पूरा गरि तथा परिपालना प्रतिवेदन (कम्पलाईन्स रिपोर्ट) पेश गर्न निर्देशन दिएको थियो। बिक्री प्रबन्धकहरुले बुझाएको कम्पनीको विवरणका आधारमा बोर्डले आईपीओ अनुमति माग गरेका कम्पनीलाई ६ चरणमा वर्गीकरण गरेको हो।

जस अनुसार पहिलो चरणमा ७६ कम्पनी रहेका छन्, यी कम्पनीले आवेदन मात्र दिएका छन्, र बोर्डले अध्ययन थालेको छैन । दोस्रो चरणमा ६ कम्पनी रहेका छन्, जसको बोर्डले प्रारम्भिक अध्ययन गरिरहेको छ। तेस्रो चरणमा बोर्डले प्रारम्भिक अध्ययन सकेर कमेन्ट पठाएका ४ कम्पनी छन् । चौथो चरणमा बोर्डले पठाएको कमेन्टको जवाफ दिएका १९ कम्पनी छन् ।

त्यस्तै पाँचौ चरणमा कम्पनीले पठाएका जवाफको अध्ययन भईरहेको १० कम्पनी छन् । छैठौ चरणमा २ वटा कम्पनी रहेका छन् । जुन अन्तिम रिभ्युको चरणमा छन् । यी कम्पनीले बोर्डले माग गरेका सबै कागजात र विवरण बुझाईसकेका छन् । छैठौ चरणमा रहेका कम्पनीमा आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेड रहेका छन् । छैठौं चरणमा परेका यी दुई कम्पनीले छिट्टै आईपीओ निष्काशनको अनुमति पाउने सम्भावना छ। दुई वटै कम्पनीको प्रति शेयर नेटवर्थ १०० रुपैयाँभन्दा माथि छ।

नियामकीय प्रावधान पूरा गर्न नसकेकोले ती कम्पनीलाई हाल आइपीओ अनुमति प्रदान गर्न नसकिने धितोपत्र बोर्डले जनाएको छ। ती कम्पनीले आवश्यक कागजात, विवरण तथा विवरणपत्र, तोकिएको कानुनी व्यवस्था तथा नियामकीय मापदण्डबमोजिम नभएसम्म आइपीओ स्वीकृति प्रदान नगरिने धितोपत्र बोर्डले स्पष्ट पारेको छ।

आइपीओ स्वीकृतिका लागि मापदण्ड पूरा नगर्नेमा स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफलसहित ७६ कम्पनी छन्। यी दुवै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेका छन्।

सूची

 

NECO

Leave Your Comment

Related News