CLI
Global College

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडेलले भोटेकोशी बाढीप्रभावितहरूका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन्। साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका सिबिफिन सचिव पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन्।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरूको सहयोगका लागि सचिव पौडेलले सहयोग रकमको चेक भदौ २५ गते बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारमा हस्तान्तरण गरे।

बाढीपीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले चालेका हरेक कदममा हातेमालो गर्ने उद्देश्यले आफूले व्यक्तिगत रूपमा उक्त सहयोग गरेको सचिव पौडेलले बताए। उनले अकस्मात् आएको विनाशकारी बाढीबाट भएको क्षतिपछिको पुनर्स्थापनाका लागि खुलेर सहयोग गर्न देश तथा विदेशमा रहेका नेपालीसहित सबै पक्षलाई आह्वानसमेत गरेका छन्।

Leave Your Comment

Related News