RE
Global College

बेनी हाइड्रोपावरको आईपीओमा २३ लाखभन्दा बढीको आवेदन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। निष्कासन अवधिभर २३ लाख ६१ हजार १२४ जना आवेदकले शेयर खरिदका लागि आवेदन दिएका छन्।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आवेदकहरूले कुल २ करोड ६३ लाख ७१ हजार ७४० कित्ताका लागि आवेदन दिएका हुन्। यो सर्वसाधारणका लागि छुट्याइएको ८ लाख ६३ हजार २०० कित्ताको तुलनामा करिब ३०.५५ गुणा बढी माग हो।

कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। आवेदन दिने अन्तिम दिन भदौ २६ गतेसम्म लगानीकर्ताबाट २ अर्ब ६३ करोड ७१ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन रकम संकलन भएको बिक्री प्रबन्धकले जनाएको छ।

निष्कासन गरिएको शेयरको तुलनामा अत्यधिक आवेदन परेपछि अब शेयर बाँडफाँड गोलाप्रथाबाट हुने भएको छ।

NECO

Leave Your Comment

Related News