CLI
Global College

प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १६ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १६ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि उक्त सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिन भित्र आवेदन दिन सूचना जारी गरेको छ । तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा प्रचलित कानून तथा नियामकीय व्यवस्थाअनुसार उक्त सेयर संस्थापक समूहबाहेकका अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

Leave Your Comment

Related News