काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ थियो ।
त्सयतै, चाँदी पनि ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँ थियो ।



