RE
Global College

चिलिमे सुरुङ उद्धार अपडेट: लेदो पन्छाउने काम तीव्र, साँझसम्म शुभ समाचार प्राप्त हुने आशा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा सुरुङ विशेषज्ञ इन्जिनियर श्रीराम न्यौपानेले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको उद्धार सम्बन्धी पछिल्लो जानकारी दिएका छन्।

उनका अनुसार उद्धार टोलीले सुरुङभित्र करिब ८० मिटरको दूरीमा थुप्रिएका ठूला–ठूला चट्टान (ढुङ्गा) र लेदो तीव्र रूपमा बाहिर निकाल्ने काम गरिरहेको छ।

मुख्य बाटो ठूला ढुङ्गा र लेदोले बन्द भएकाले त्यसभन्दा भित्र केही खाली ठाउँ (हावा खेल्ने ठाउँ) हुन सक्ने र फसेका श्रमिकहरू त्यहाँ सुरक्षित रहेको अनुमान गरिएको छ। यदि उद्धार तथा सफाइको काम सहज रूपमा अघि बढ्यो भने आज साँझसम्ममा सकारात्मक र राम्रो खबर प्राप्त हुन सक्ने आशा व्यक्त गरिएको छ।

सुरुङभित्र फसेका श्रमिकहरूको सकुशल उद्धारका लागि सबैलाई सकारात्मक आशा र प्रार्थना कायम राख्न समेत आग्रह गरिएको छ।

NECO

Leave Your Comment

Related News