काठमाडौं । विद्युतीय स्कुटर ब्रान्ड एथरले नेपालगन्जमा आफ्नो १५औँ ‘Experience Center’ सञ्चालनमा ल्याएको छ। बसपार्क रोड, न्यू रोड–२ मा खुलेको नयाँ सेन्टरमार्फत नेपालगन्ज तथा आसपासका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि र टेस्ट राइडको सुविधा पाउनेछन्।
नेपालगन्ज सेन्टरमा Ather 450 र Ather Rizta उपलब्ध हुने कम्पनीले जनाएको छ। ग्राहकले स्कुटरको प्रदर्शन, डिजाइन तथा प्रविधि प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
एथरले नेपालगन्जमा सेन्टर उद्घाटनको अवसरमा विशेष अफरसमेत सार्वजनिक गरेको छ। ३ असोज २०८३ सम्म लागू हुने योजनाअन्तर्गत नगद खरिदमा ८ वर्षको एक्स्टेन्डेड ब्याट्री वारेन्टी, ईएमआई खरिदमा शून्य ब्याज र एक्सचेन्जमा थप ८ हजार रुपैयाँको भ्यालुएसन बेनिफिट पाइने कम्पनीले जनाएको छ।
एथरका स्कुटरमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ र ‘भ्वाइस इन्टर्याक्सन’ जस्ता प्रविधि उपलब्ध छन्। कम्पनीका अनुसार यी सुविधाले स्कुटरको राइडिङ अनुभवलाई थप सहज र स्मार्ट बनाउँछन्।
एथरले नेपालमा आफ्नो चार्जिङ तथा सर्भिस नेटवर्क पनि विस्तार गरिरहेको जनाएको छ। हाल नेपालभर ५० भन्दा बढी फास्ट चार्जिङ लोकेसन र १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ।
नयाँ सेन्टरसँगै एथरको एक्सपेरियन्स सेन्टर नेटवर्क काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान, विराटनगरलगायत प्रमुख सहरमा पुगेको छ।
एथरका अनुसार नेपालगन्जमा नयाँ सेन्टर विस्तारले पश्चिम नेपालका ग्राहकलाई विद्युतीय स्कुटरको बिक्री, टेस्ट राइड, चार्जिङ तथा बिक्रीपछिको सेवामा थप सहज पहुँच दिनेछ।



