RE
Global College

हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३”’ को घोषणा ,आकर्षक नगद छुट

काठमाडौं । ह्युन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ।कम्पनीका अनुसार योजनाअन्तर्गत ह्युन्डाई गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्। त्यस्तै, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसरसमेत उपलब्ध गराइएको छ।

गाडी खरिद गर्ने ग्राहकलाई एक वर्षको निःशुल्क ‘अटो प्लस’ बीमा र एक वर्षको निःशुल्क सडक करको सुविधा पनि दिइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ह्युन्डाईका गाडीमा तीन वर्षको वारेन्टी र छ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा पनि उपलब्ध छ। कम्पनीले यी सुविधाले गाडी खरिदपछि ग्राहकको खर्च र सर्भिसिङसम्बन्धी सुविधामा थप सहजता हुने जनाएको छ।

‘ह्युन्डाई फेस्टिभ ड्राइभ २०८३’ भदौ २३ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ। यो योजना दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी ल्याइएको हो।

कम्पनीले योजनाबारे थप जानकारी तथा अफरको लाभ लिन नजिकैको ह्युन्डाई शोरुममा सम्पर्क गर्न ग्राहकलाई आग्रह गरेको छ।

NECO

Leave Your Comment

Related News