RE
Global College

२५.५५ अंकले बढ्यो नेप्से,कारोबार रकममा पनि सुधार

काठमाडौं । सोमबार नेप्से परिसूचक २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३३६ वटा कम्पनीको १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा कारोबार रकम ३२ करोड रुपैयाँले बढेको हो । शुक्रबार कारोबार रकम ४ अर्ब ३६ करोड रुपैयाँ थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंक बढेको छ।

यस दिन १२ उप समूह बढेका छन् भने १ उप समूह  घटेका छन्। बैंकिङ ०.७८ प्रतिशत, विकास बैंक ०.७८ ,वित्त १.६७, होटल्स तथा पर्यटन समूह ०.८६,  जलविद्युत १.१६, लगानी ०.६४, जीवन बीमा १.४५, उत्पादन र प्रशोधन ०.५४, लघुवित्त ०.७८, ,निर्जीवन बीमा १.५०, अन्य समूह १.३९ र व्यापार समूह १.३८ प्रतिशतले बढेका छन् । म्युअुचल फण्ड ०.३१ प्रतिशतले घटेको छ ।

यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.४३ प्रतिशत बढेको छ। त्यस्तै, त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।

त्यसतै कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट पहिलो स्थानमा रहेको छ। सो कम्पनीको २४ करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लिबर्टी इनर्जीको करिब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।

NECO

Leave Your Comment

Related News