CLI
Global College

लामिने यमालको दाबी: बलोन डि’ओरको हकदार म नै हुँ, तर मुख्य प्रतिस्पर्धी एमबाप्पे हुन्

काठमाडौं । ला लिगा र विश्वकप विजेता स्पेनिस युवा स्टार लामिन यमालले यस वर्षको प्रतिष्ठित बलोन डि’ओर  अवार्ड आफूले जित्नुपर्ने दाबी गरेका छन्। बार्सिलोनालाई ला लिगा उपाधि दिलाउनुका साथै अमेरिकामा आयोजित विश्वकपमा स्पेनलाई च्याम्पियन बनाउन मुख्य भूमिका खेलेका १८ वर्षीय यमालले स्पेनिस स्ट्रिमिङ प्लेटफर्म मुभिस्टारसँग कुरा गर्दै आफू र रियल म्याड्रिडका फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पे नै अहिले विश्वका उत्कृष्ट दुई खेलाडी भएको बताए। एमबाप्पेले गत सिजन कुनै टोली उपाधि नजते पनि विश्वकप, ला लिगा र च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बन्दै आफू नै सर्वोत्कृष्ट रहेको दाबी गर्दै आएका छन्। यमालले भने आफूले जितेका ठूला ट्रफीहरूका आधारमा यो अवार्डको मुख्य हकदार आफू नै भएको स्पष्ट पारेका छन्।

अक्टोबर २६ मा लन्डनमा प्रदान गरिने यस वर्षको बलोन डि’ओरको प्रतिस्पर्धा निकै रोचक बनेको छ। गत वर्ष ओसमान डेम्बेलेभन्दा पछि पर्दै दोस्रो स्थानमा रहेका यमाल यसपटक मुख्य दाबेदारका रूपमा उभिएका छन्। यता पिएसजीले च्याम्पियन्स लिगको उपाधि जोगाएकाले यो अवार्ड आफ्नै क्लबका खेलाडीले पाउनुपर्ने डेम्बेलेको भनाइ छ भने बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केन पनि दौडमा छन्। गत मङ्गलबारको पत्रकार सम्मेलनमा यमालले आफ्नो सिजन अद्भुत रहेकाले जित्ने आशा भए पनि भोटका लागि याचना नगर्ने संयमित अभिव्यक्ति दिएका थिए। एमबाप्पे र यमालबीचको यो भिडन्तले विश्व फुटबलको नयाँ पुस्ताको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएको छ।

Leave Your Comment

Related News