RE
Global College

बझाङका ३३ वर्षीय जितेन्द्र खड्का बेपत्ता, खोजीका लागि संसद्मा सरकारको ध्यानाकर्षण

काठमाडौं ।  बझाङको खप्तडछान्ना गाउँपालिका-७ गुर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का विगत केही दिनदेखि बेपत्ता भएका छन्। गत भदौ २३ गते बिहान जङ्गली च्याउ टिप्न जङ्गल गएका खड्का हालसम्म घर नफर्किएको र उनको कुनै अत्तोपत्तो पाउन नसकिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ।

बैठकमा बोल्दै सांसद ऐनबहादुर महरले बेपत्ता खड्काको फोन भदौ २९ गतेसम्म निरन्तर घण्टी बजिरहेको भए पनि फोन उठ्न नसकेको र हालसम्म कुनै पत्ता नलागेकाले परिवार ठूलो पीडामा रहेको बताए। प्रहरीले स्थानीय नेपाल टेलिकमको टावर नजिक नेटवर्क देखाएको बताए पनि अहिलेसम्म ठोस स्थिति पत्ता नलागेको सांसद महरले जानकारी दिए।

बैठकमा उपस्थित गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै सांसद महरले बेपत्ता खड्काको यथाशीघ्र खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन नेपाल सरकारसँग जोडदार माग गरेका छन्।

NECO

Leave Your Comment

Related News