RE
Global College

चिलिमे सुरुङ उद्धार अपडेट: ‘वाटर जेट’ प्रविधिबाट सुरुङको १५० मिटर भित्र पुगियो

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका श्रमिकहरूको उद्धारका लागि ‘वाटर जेट’ प्रविधिको प्रयोग गर्दै उद्धार टोली टोली माथिल्लो भागको लेदो पन्छाएर सुरुङको १५० मिटर भित्रसम्म पुग्न सफल भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत उद्धार कार्यको पछिल्लो अवस्थाबारे अपडेट गराएका हुन। त्रिशुली–३ ‘ए’ मा सफल प्रयोग गरिएको ‘वाटर जेट’ प्रविधिलाई नै चिलिमेको जटिल भौगोलिक स्थितिमा अपनाएर लेदो र गेग्रान पन्छाउने काम निरन्तर भइरहेको उनले जानकारी दिए।

अहोरात्र उद्धारमा खटिने सुरक्षा निकाय, प्राविधिक तथा स्थानीय टोलीप्रति उच्च सम्मान व्यक्त गर्दै सांसद न्यौपानेले आजै सुखद खबर आउनेमा आशावादी रहेको बताएका छन्। पूर्व-निर्धारित कार्यक्रमका सिलसिलामा आफू भर्खरै तनहुँ पुगेको उल्लेख गर्दै उहाँले उद्धार कार्यको निरन्तर अनुगमन गरिरहेको जनाएका छन्।

NECO

Leave Your Comment

Related News