RE
Global College

गरिमा विकास बैंकद्धारा विनाशकारी बाढी प्रभावितका लागि १ करोड १ लाख सहयोग

काठमाडौं ।  भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेतको तर्फबाट कुल १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको छ ।

बाढी पश्चात उत्पन्न कठिन परिस्थितिबाट प्रभावित विभिन्न जिल्लाका नागरिकहरुको उद्धार, राहत तथा पुर्नस्थापना प्रयोजनको लागि कर्मचारीहरुको तर्फबाट एक दिनको तलब तथा भत्ता बराबरको रकम रु.१६ लाख २० हजार ५५० र बैंकको तर्फबाट नगद रु.३४ लाख ९० हजार ५६१ गरी कुल रु.५१ लाख ११ हजार १११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।

साथै विकास बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुर्नस्थापना सम्बन्धी कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप रु.५० लाख बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

विकास बैंकले यस अकल्पनीय प्राकृतिक विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा प्रभावित सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्य लाभ र सुरक्षित पुर्नस्थापनाको कामना गर्दै यस विपद्को कठिन घडीमा प्रभावित नागरिक, स्थानीय समुदाय, सरकारी निकाय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा सम्पूर्ण सरोकारवालाबीचको सहकार्यबाट राहत, पुर्नस्थापना र पुनर्निमाणका प्रयासलाई थप प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरेको छ।

NECO

Leave Your Comment

Related News