CLI
Global College

भोलिबाट कृष्णभीर सडक दुईतर्फी यातायात सञ्चालन हुने (भिडियो सहित)

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्डको करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। कृष्णभीरमा नवनिर्मित २७० मिटर सडकखण्डको कटिङ, ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माणको काम पूरा भएको हो।

बाँकी रहेको सब–बेस निर्माणको काम पनि आज बेलुकासम्म सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ। निर्माण कार्यलाई तीव्रता दिन रातिको समयमा समेत काम भइरहेको छ। रातिको कामका लागि फ्लड लाइटको व्यवस्था गरिएको पूर्वाधार मन्त्रालयले जनाएको छ ।

निर्माण कार्य सम्पन्न भएसँगै आगामी असोज १ गतेदेखि कृष्णभीर सडकखण्डमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।

नवनिर्मित सडकखण्ड सञ्चालनमा आएपछि कृष्णभीर क्षेत्रमा हुँदै आएको सवारी आवागमनको समस्या कम हुने अपेक्षा गरिएको छ।यसैबिच बुधबार बिहान ड्रोनबाट खिचिएको ट्र्याकको ताजा तस्बिर प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको छ।

भिडियो

Leave Your Comment

Related News